खैरो हिरोईन सहित इटहरीका दुई जना पक्राउ

न्युजलय १६ पुस २०७८, शुक्रबार ०२:२५ मा प्रकाशित

 विराटनगर । बिराटनगर–१४ बाट प्रतिवन्धित लागुऔषध खैरो हिरोईन सहित २ जना पक्राउ परेका छन । 

पक्राउ पर्नेमा इटहरी–९ का २२ बर्षिय निसान चौधरी र इटहरी–१२ का २८ बर्षिय दिवश तामाङ रहेका छन ।

बिहिबार राती सि.आर.भि. जतुवाबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०२–०४६ प ११८७  नम्वरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा मोटर साईकल पछाडि सवार रहेका निसान चौधरीले ज्याकेटको गोजीमा  लुकाई राखेको अवस्थामा ३ ग्राम ७ मिलिग्राम खैरो हिरोईन फेला परेको हो ।

खैरो हिरोईन फेला परे सगै मोटर साईकल चलाक दिवश तामाङ सहित दुवै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।