भोड्काको मूल्य बढ्यो

न्युजलय १६ जेठ २०८१, बुधबार ०१:३६ मा प्रकाशित

काठमाडौँ । सरकारले भोड्काको मूल्य ६० रुपैयाँ बढाएको छ। बजेटमार्फत् बियरमा प्रतिलिटर ५ रुपैयाँ कर बढाउँदा भोड्काको मूल्य ६० रुपैयाँ बढेको छ। अब बियरको अन्तशुल्क मात्रै २४० रुपैयाँ पुगेको हो। 

१७ प्रतिसम्म अल्कोहल भएको वाइनमा १६ रुपैयाँ कर बढाएको छ। १६ प्रतिशत बढी अल्कोहल भएको वाइनमा १९ रुपैयाँ कर बढेको छ। 

छ्याङमा ४३ रुपैयाँ कर लाग्दै आएकोमा अब प्रतिलिटर ४८ रुपैयाँ पुगेको छ। १५ युपि शक्तिको ४८.५ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी ब्रान्डकोको मूल्य प्रतिलिटर १८ सयमा ६० रुपैयाँ बढाइएको छ। 

१५ युपि शक्तिको ४२.५ प्रतिशत अल्कोहल भएको तयारी ह्वीस्की, जीन, नजिभा, भोड्काको समेत ६० रुपैयाँ बढाएको छ।