बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धरानका राई पक्राउ

न्युजलय २ मङ्सिर २०७८, बिहिबार १२:१३ मा प्रकाशित

विराटनगर । बैंकिङ कसुर मुद्दामा १० दिन कैद र २१ लाख ५० हजार जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्। 

उच्च अदालत बिराटनगरको गत वैशाख १३ गतेको फैसलाले कैद र जरिवाना तोकिएका धरान–१६ का ५२ बर्षीय मदन राई पक्राउ परेका हुन्।  

अदालतबाट कैद तथा जरिवाना फैसला भएता पनी हाल सम्म फरार रहदै आएका राईलाई प्रादेशिक अनुसन्धान समूह विराटनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका राईलाई तोकिएको कैद भुक्तानको लागी कारागार चलान गरिएको छ।