मदन भण्डारीको सालिक तोडफोड

न्युजलय ८ कार्तिक २०८०, बुधबार ०५:५२ मा प्रकाशित

काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका ५ पकरबासको सल्लेनी वनमा रहेको मदन भण्डारीको सालिक तोडफोड गरिएको छ । 


बागमती प्रदेश सरकार,खाँडादेवी गाउँपालिका र वडा कार्यालय समेतको लगानीमा पार्क निर्माण गरी मदन भण्डारीको सालिक महाअष्टमीको राति अज्ञान व्यक्तिले तोडफोड गरेका हुन् । 


पार्कमा राखिएको मदन भण्डारीको सालिकको एउटा गोडा भाँचेर फालिएको छ। त्यस्तै सालिकको पनि विभिन्न भागमा ढुङ्गाले हानेको कारण चोट लागेको छ। 


यस अघि पनि सो पार्कको गेटमा लगाइएको ताला फोडिएको थियो । पटक पटक ताला फोडिएपछि ताला लगाउन छाडिएकोमा अहिले सालिक नै तोडफोड गरिएको खाँडादेवी गाउँपालिका ५ का वडाध्यक्ष मनोज पौडेलले बताए ।