खुम्बु घुम्न आएका नेपाली मुलका अमेरिकी नागरिकको मृत्यु

न्युजलय १७ मङ्सिर २०७८, शुक्रबार ०३:०५ मा प्रकाशित

सोलुखुम्बु । खुम्बु क्षेत्रको भ्रमणमा रहेका नेपाली मूलका अमेरिकन नागरिकको मृत्यु भएको छ ।

लुक्लामा समिट एयरको जहाजमार्फत बिहीबार आएका ६१ वर्षीय विन्देश्वर कक्षपतिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुुले जनाएको छ ।

नाम्चे भ्रमणमा निस्केका कक्षपतिको फाक्दिङस्थित ट्रेकर होटलमा मृत्यु भएको हो । होटलभित्र हिटर तापिरहेको अवस्थामा उनी एक्कासी बेहोस भएका थिए ।

बेहोस हुनासाथ तत्काल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । शव पोष्ट मार्टमका लागि हेलिकप्टर मार्फत टिचिङ अस्पताल, काठमाडौं पठाइएको छ ।