घट्यो सुनको मूल्य

न्युजलय २० माघ २०८२, सोमबार ११:१२ मा प्रकाशित

काठमाडौं । सुनको मूल्यमा गिरावट जारी छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा १३ हजार ४०० रुपैयाँले घटेको छ । 

आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेर पाँच हजार २०० रुपैयाँमा किनबेच हुँदैछ । हिजो पाँच हजार ५०० रुपैयाँ थियो ।