सुनसरी । बराहक्षेत्रमा रहेर सामाजिक काम मगर्दै आइरहेको नयाँ पिँढी संस्थाले सनिबार एक कार्यक्रमको आयोजना गरी २०८० क्यालेण्डर प्रकाशन गरेको छ ।
महेन्द्रनगर रेडक्रस भवनमा आयोजित कार्यक्रममा बराहक्षेत्र वार्ड नंं ८ का वडाध्याक्ष रोशन खड्का, १० का वडाध्याक्ष तेजबहादुर गुरुङ, प्रेस युनियन सुनसरी सचिव बाबुराम कार्की, महेन्द्रनगर रेडक्रस अध्यक्ष कालुराम चौधरी, बराहक्षेत्र महिला सरोकार समाजकी अध्यक्ष कमला थापा लगायतको उपस्थितिमा क्यालेण्डर सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष रोशन खड्काले नयाँ पिँढी पाकाहरुको अनुभभव, सल्लाह र युवाहरुको जोसजागर लिएर अघि बढे समाज परिवर्तनको बाहक बन्न सक्ने बताए ।
त्यस्तै वडाध्याक्ष तेज गुरुङले हरेक क्षेत्रमा युवाहरुको नेतृत्व आवश्यक रहेको बताए । उनले भने छोटो समयमा समाजमा स्थापित भएको नयाँ पिँढीले यसरी नै समाजका हरेक विकृति विसङ्गति बिरुद्ध काम गर्नुपर्ने छ ।
सोही कार्यक्रममा सप्तकोसी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघबाट निर्वाचित भएका सविन कार्की, सरोज भट्टराई र नोमस धामीलाई बधाई पत्रसहित सम्मान गरेको थियो ।