सुनको मूल्यमा नयाँ रेकर्ड

न्युजलय २१ साउन २०८२, मङ्गलबार ०१:२० मा प्रकाशित

काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । मंगलबार सुनको भाउ प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको छ ।

यसअघि वैशाख ९ गतेको मूल्य रेकर्ड आज तोडिएको छ । वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजरा ९ सय रुपैयाँ बढेको हो ।

यस्तै चाँदीको भाउ आज तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२५५ रुपैयाँमा कारोबार भएको चाँदी आज २२८० रुपैयाँ पुगेको छ ।