काठमाडौँ । बुधबार सुनको मूल्य घटेको छ । आज एकैदिन सुनको मूल्य तोलामा २७ सय घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ३४ हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ ।
चाँदीको मूल्य पनि बुधबार घटेको छ । अघिल्लो दिन तोलाको एक हजार ६५० रुपियाँ रहेको चाँदी आज एक हजार ६३० रुपियाँ कायम भएको महासङ्घले जनाएको छ ।