काठमाडौँ । बिहीबार(आज) सुनको मूल्य बढेर तोलामा १ लाख ४० हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदीको मूल्य पनि बिहीबार तोलामा १ हजार ८०५ रुपैयाँ पुगेको छ ।