सेन्चुरी प्लाईले ल्यायो आगो प्रतिरोधी ‘गर्जन वुड’ प्लाई

न्युजलय १९ साउन २०८२, आइतबार ०७:३१ मा प्रकाशित

इटहरी । प्लाइ उद्योगको क्षेत्रमा स्थापित र विश्वासिलो नेपाली कम्पनि सेन्चुरी प्लाई इन्डस्ट्री प्रालिले चार नयाँ प्रकारका प्लाइ बजारमा ल्याएको छ । जर्गन वुड ब्रान्डअन्तर्गत ती प्लाइहरु कम्पनिले आफ्नो पाँचौं वार्षिकोत्सवका इटहरीमा एक कार्यक्रम गर्दै प्लाइ सार्वजनिक गरेको हो ।


कम्पनिका व्यवस्थापक दिवाकर झाका अनुसार सार्वजनिक गरिएका प्लाईहरूमा इ–जिरो, एफआर, डब्ल्युपीसी र एमआर प्लाई समावेश छन् । 


कम्पनीका सञ्चालक हर्ष प्रभु त्योदिले विराटनगरमा उत्पादन हुने सेन्चुरी प्लाई नेपालमा मात्र नभई भारतमा समेत बिक्री हुने जानकारी दिए । उनले ‘गर्जन वुड’ प्लाई आगो प्रतिरोधी, ग्याँसरहित र अत्यन्तै मजबुत भएको उल्लेख गर्दै, आगलागीको जोखिम कम गर्ने उद्देश्यले उत्पादन गरिएको बताए ।


कार्यक्रममा इटहरी, धरान र विराटचोकका इन्टेरियर डिजाइनरहरूको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रममा डिजाइनरहरूलाई प्रदान गरिने सुविधाहरू र प्लाईसम्बन्धी समस्या समाधानबारे समेत विस्तृत छलफल गरिएको थियो ।


यसै अवसरमा कम्पनीले आफ्ना कर्मचारीहरूलाई लक्षित गर्दै केही विशेष सेवा सुविधा पनि सार्वजनिक गरेको थियो । जसमा इटहरी मेडिकल हलसँगको सहकार्यमा उपचारमा छुट, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समार्फत बीमा सुविधा तथा आगामी तीन महिनासम्म इलाइट सिनेमा इटहरीमा निःशुल्क सिनेमा हेर्न सकिने व्यवस्था गरिएको छ । यी सुविधाले कर्मचारीहरूमा उत्साह थपिएको छ ।