बढ्यो सुनको मूल्य

न्युजलय १९ असोज २०८२, आइतबार ११:५६ मा प्रकाशित

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबारको तुलनामा यो मूल्य प्रतितोला ७ हजार ४०० रुपैयाँले बढी हो ।

यसअघि दसैँ बिदा सुरु हुनुपूर्व असोज १२ गते प्रतितोला २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको भाउ प्रतितोला २ हजार ९३० रुपैयाँ पुगेको छ ।