झापामा ब्राउनसुगरसहित एक युवक पक्राउ

न्युजलय २८ कार्तिक २०७८, आइतबार ०८:३९ मा प्रकाशित

झापा । मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट शनिबार लागुऔषध ब्राउनसुगरसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ का २२ वर्षीय प्रदीप बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार दिउँसो लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई दुई ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।