उदयपुर । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका–७ बस्ने २० वर्षीय मनोज शाशंखरलाई प्रहरीले पक्राउ गरेको छ।
मनोजले ती किशोरीलाई सोमबार राति सुतिरहेको कोठामा प्रवेश गरी डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले बुधबार दिउँसो उनलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।