खोटाङ । दिक्तेलमा घरको छतबाट खसेर बिहीबार एक बालिकाको मृत्यु भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कस्थित सीताराम खत्रीको घरमा डेरा गरेर बस्ने साकेला गाउँपालिका–१ बाँझेच्यानडाडाँका रविन गुरुङकी ५ वर्षीया छोरी रोशनी गुरुङको छतबाछ खसेर मृत्यु भएको हो ।
बिहीबार बेलुकी दुई तालामाथिको रेलिङबाट खसेकी उनको स्थानीय फेमिली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।