आजको सुनको भाउ

न्युजलय १४ मङ्सिर २०८०, बिहिबार ११:२७ मा प्रकाशित

काठमाडौ । बिहीबार(आज) सुनको मूल्य स्थिर रहेको छ।

लगातार तीन दिन नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य यसदिन स्थिर रहको हो।

बुधबार अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार छ सय रूपैयाँ बढेर सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो।

उक्त दिन सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। बिहीबार पनि सुन सोही मूल्यमा किनबेच भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १५ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।