लमजुङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ६ जना घाइते

न्युजलय २३ मङ्सिर २०७८, बिहिबार ०१:५० मा प्रकाशित

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ भुस्मे नजिकै कालिमाटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानीबाट भुस्मे माथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको जिप बिहीबार(आज) बिहान  दुर्घटना भएको हो ।

गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा शिक्षक र विद्यार्थी छन् ।

घाइते ६ जनालाई स्थानीय, प्रहरीले उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याएका छन् ।