मातातिर्थ औशीको दिन ६८ वर्षीया बृद्धको बीभत्स हत्या

न्युजलय २७ बैशाख २०८१, बिहिबार ०३:३१ मा प्रकाशित

बिर्तामोड । झापाको बिर्तामोड–४ कालीमन्दिर टोलमा एक महिलाको बीभत्स अवस्थामा शव फेला परेको छ ।

स्थानीयबासी तथा प्रहरीले ६८ वर्षीया विष्णुमाया विष्टको हत्या बुधबार राति भएको हुन सक्ने अनुमान गरेका छन् ।

चोरले रड तथा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अनुमान गरिएको छ । एकल महिला विष्टका जेठा छोरा अमेरिका र कान्छो छोराको परिवार काठमाडौँमा बस्दै आएका छन् ।

आज बिहान उनी आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले घटनास्थललाई सुरक्षित राख्दै घटनाका बारेमा अनुसन्धान गर्न प्रहरी कुकुर बोलाएको जनाएको छ ।