बढ्यो सुनको मूल्य

न्युजलय २७ असार २०८०, बुधबार ११:०० मा प्रकाशित

काठमाडौँ । बुधबार(आज) सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेर १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ । 

महासंघले बुधबार चाँदीको मूल्य पनि सामान्य बढेर कारोबार भएको जनाएको छ । मंगलबार तोलामा १३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १४ सय रुपैयामा कारोबार भएको हो ।