काठमाडौँ । सुनको मूल्य आज फेरि २ हजारले बढेको छ।
आज सुन र चाँदी दुबैको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार एकैदिन २ हजार ७ सय रुपैयाँले घटेको सुनको भाउ आज एकैदिन फेरि २ हजार रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १६ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हिजोको भन्दा १५ रुपैयाँ बढी हो।