प्रेस युनियन सुनसरीको अध्यक्षमा ध्रुव ढकाल निर्वाचित

न्युजलय ७ जेठ २०८०, आइतबार ०३:१४ मा प्रकाशित

इटहरी । प्रेस युनियन सुनसरीको अध्यक्षमा ध्रुव ढकाल निर्वाचित भएका छन् । युनियनको नवौँ जिल्ला अधिवेशनले अध्यक्षमा ढकाल उपाध्यक्षमा मिकाइल आलम र निशान प्रकृति थारुलाई निर्वाचित गरेको छ ।

अधिवेशनले सचिवमा बाबुराम कार्की सह सचिवमा शुभेच्छा कार्की र कोषाध्यक्षमा मातृका नेपाल निर्वाचित भएका छन् । शनिवारबाट शुरु भएको अधिवेशनमा नेतृत्व चयनमा विवाद भएपछि आइतबार मात्रै सहमति जुटेको थियो । 

अधिवेशनले सदस्यहरूमा सविता पोख्रेल, सरस्वती थारु, मेनुका डुम्जन, श्वेता सरदार थारु, अस्मिता चौधरी, नसिम अन्सारी, मुनाफ हसन निर्वाचित भएका छन् ।