झुम्कामा रामधुनी महोत्सव २०८० गरिने

न्युजलय १७ जेठ २०८०, बुधबार ०७:१८ मा प्रकाशित

झुुम्का । सुनसरीको झुम्का बजारमा रामधुनी महोत्सव २०८० आयोजना गर्ने तयारी गरिएको छ । रामधुनी युवा क्लवले जेष्ठ १९ गते देखि असार ५ गतेसम्म महोत्सव गर्न लागेको हो । 


क्लवले मंगलवार पत्रकार सम्मेलन गर्दै महोत्सवमा विभिन्न स्थानीय उत्पादन, व्यापारिक प्रवद्र्धन, प्राविधिक टेक्नोलोजि, जातीय परिकारका स्टलहरु राखिने जनाएको छ ।

महोत्सवको आकर्षण बढाउँन प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने जनाएको छ । दैनिक तीन हजार दर्शक आउने अनुमान गरिएको छ । महोत्सवले युवा नेतृत्व विकास, रामधुनी नगरको साँस्कृतिक पहिचान, पर्यटन प्रवद्र्धन, नगरको व्यवसायिक प्रवद्र्धन, रामधुनी मन्दिरको धार्मिक प्रवद्र्धन गर्ने अपेक्षा गरिएको क्लबका अध्यक्ष होमकाजी राईले जानकारी दिए ।


महोत्सवमा स्थानीय सरकार, व्यापारी र नगरवासीबाट सहयोगको अपेक्षा गरिएको सचिव रमेश घिमिरेले बताए । महोत्सवको व्यवस्थापन गौतम बुद्ध अमुजमेन्टले गर्ने महोत्सव संयोजक विनोद चौधरीले जानकारी दिए ।