घट्यो सुनको मूल्य

न्युजलय २६ फाल्गुण २०७८, बिहिबार ११:११ मा प्रकाशित

काठमाडौं । सुनको मूल्य बिहिबार(आज) प्रतितोला ४ हजार रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकै दिन ४ हजार रुपैयाँले सुनको मूल्य ओरालो लागेको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

सुनसँगै ओरालो लागेको चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँ तोकिएको छ ।