विराटनगरमा झड्केलो छोरीमाथि बलात्कार, बाबु पक्राउ

न्युजलय १४ पुस २०८२, सोमबार ११:४७ मा प्रकाशित

विराटनगर । विराटनगरमा झड्केलो छोरी बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीले विराटनगर–६ का एक व्यक्तिलाई नियन्त्रणमा लिएर जर्बरजस्ती करणी आरोपमा अनुसन्धान अगाडी बढाएको हो ।

घटना बालिकाले घर बाहिर निस्केपछि मात्रै बताउन सकेकी थिइन् । मोरङ प्रहरीका अनुसार लागुऔषध दुव्र्यसनी समेत रहेका व्यक्तिले ७ वर्षीया बालिकालाई नसा खुवाएरै जर्बरजस्ती करणी गरेको खुलेपछि पक्राउ गरेर अनुसन्धान थालिएको छ । 

प्रहरीका अनुसार बालिका संस्थाको रोहबरमा पुगेपछि उनको योनीबाट बारम्बार रगत आइरहने अनि दिसा–पिसाब समेत नरोकिने देखिएपछि सोधखोज गर्दा बताएकी थिइन् ।

पीडितकातर्फबाट उनका मावलीतर्फका अभिभावकले जाहेरी दिएका हुन् ।

घटना अनुसार पक्राउ परेका पुरुषले उनकी श्रीमतीलाई कुटपिट गरेपछि प्रहरीकोमा पुगेकी थिइन् । त्यहि बेला छोरीलाई उनले पहिलाको श्रीमानसँग जिम्मा लगाउने भनेर संस्थामा राख्न पठाएकी थिइन् । 

संस्थामा पुगेपछि भने बालिकाको अवस्था एकदमै कमजोर देखेर मावली पक्षबाट आएका अभिभावकले सोधखोज गरेका थिए । त्यहि बेला उनले आफूमाथि भएको जघन्य अपराध खुलाएकी थिइन् । त्यसपछि प्रहरीसम्म पुगेर उनको उपचारसँगै कानुनी उपचार सुरु गरिएको थियो ।