इटहरी । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ । सोमबार बिहानको मापनअनुसार ४ लाख ६२ हजार क्युसेक पानीको बहाव मापन गरिएको छ ।
पानी बढेपछि अहिले ब्यारेजका सबै ५६ ढोका खोलिएको छ ।
पुर्वी नेपालका धेरै भुभागमा केही दिनदेखि लगातार वर्षा भइरहेकोले जल सतह बढेको हो ।
कोशी किनारमा बस्ने मानिसहरुलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।