बढ्यो सुनको मूल्य

न्युजलय १२ असार २०८०, मङ्गलबार १२:२१ मा प्रकाशित

काठमाडौँ । नेपाली सुनाचाँदी बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोल २०० रुपैयाँले बढेर १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५० हजार ५० रुपैयाँ निर्धारण भएको छ। आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ कायम भएको छ।