घट्यो सुनको मूल्य

न्युजलय १८ बैशाख २०७९, आइतबार ११:५८ मा प्रकाशित

काठमाडौं । आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ७०० रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले घटेर तोलाको एक हजार ३०० रुपैयाँमा आएको महासंघले जनाएको छ ।