झापा । झापाको बिर्तामोडमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा परी झापा भद्रपुर नगरपालिका –५ बस्ने २५ वर्षीय भुपाल अधिकारी र नाम थर वतन नखुलेका करिब २६ वर्षीय अर्का एक युवको मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।