खेल्ने क्रममा घरको रेलिङबाट लडेर बालकको मृत्यु

न्युजलय १० पुस २०८२, बिहिबार १२:०३ मा प्रकाशित

झापा । बिर्तामोडमा घरको रेलिङबाट लडेर घाइते भएका बालकको मृत्यु भएको छ। 

गत पुस २ गते राति बिर्तामोड नगरपालिका–४ का रामकुमार कार्कीको ६ वर्षीय छोरा रियान्स कार्की आफ्नै घरको ३ तला माथि रेलिङमा खेल्ने क्रममा अचानक भुईँमा लडेर घाइते भएका थिए। 

घाइते भएका बालकलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो। बालकको उपचारको क्रममा बुधवार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।