सुनचाँदीको मूल्य घट्यो

न्युजलय १६ असार २०८२, सोमबार ११:५० मा प्रकाशित

 काठमाडौं । सोमवार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार रुपैयाँले घट्दै १ लाख ८८ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घट्दै २ हजार १सय ४५ रुपैयाँ कायम भएको छ ।