बढ्यो सुनचाँदीको मूल्य

न्युजलय ११ साउन २०८०, बिहिबार ११:५२ मा प्रकाशित

काठमाडौँ । बिहिबार (आज) सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ८०० रुपैयाँले बढेको जनाएको हो ।

यससँगै, छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ९०० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । महासंघका अनुसार यससँगै आज चाँदीको कारोबार प्रतितोला १४ सय ९० रुपैयाँमा भइरहेको छ ।