घट्यो सुनचाँदीको मूल्य

न्युजलय ३१ साउन २०८०, बुधबार ११:५५ मा प्रकाशित

काठमाडौं । बुधबार(आज) सुनचाँदीको मूल्य घटेको छ।

आज सुनको मूल्य १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुन बुधबार १ लाख ११ हजार २ सय रुपैयाँ कायम भएको छ। यस्तै तेजाबी सुनको मूल्य बुधबार १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार हुनेछ।

चाँदीको मूल्य पनि मंगलबारको तुलनामा तोलामा पाँच रुपैयाँ घटेको छ। आज  चाँदी तोलको १ हजार ३७५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।