सुनको मूल्यमा नयाँ रेकर्ड

न्युजलय ८ चैत २०८०, बिहिबार ११:५८ मा प्रकाशित

 काठमाडौं । बिहिबार(आज) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

आज सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेर छापावाल सुन १ लाख २७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज तेजावी सुन तोलाको १ लाख २७ हजार २ सय पुगेको छ। 

फागुन २९ गते सुनको भाउले तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएको थियो।  सो रेकर्ड ९ दिनमै तोडिएको हो। 

चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ। अघिल्लो दिन तोलाको १ हजार ५२० रुपैयाँ रहेको चाँदी बिहीबार १ हजार ५५५ कायम भएको छ।