संखुवासभामा श्रीमानले गरे श्रीमतीको हत्या

न्युजलय ७ पुस २०७८, बुधबार १०:५० मा प्रकाशित

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। 

श्रीमानको कुटपिटबाट मंगलबार पाँचखपन नगरपालिका–३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू) को मृत्यु भएको हो। 

प्रहरीका अनुसार बिष्णुमायाको हत्यामा संलग्न भएको आरोपमा दिपन राईलाई पक्राउ गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।