धनकुटा । धनकुटाको त्रिशूलेमा बस दुर्घटना भएको छ ।
तेह्रथुमबाट दमक जाँदै गरेको को १ ख ५१०५ नम्बरको बस दुर्घटनामा परेको हो । बस सडकबाट तल खसेको बताइएको छ ।
घाइतेहरूको उद्धारका लागि प्रहरीको टोली घटनास्थल जाँदै गरेको धनकुटा प्रहरीले जनाएको छ ।