दुई किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

न्युजलय २९ बैशाख २०८१, शनिवार ०१:१६ मा प्रकाशित

झापा ।  झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट प्रहरीले दुई किलो चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

शुक्रबार साँझमा बुद्ध एयरको विमानबाट काठमाडौँ जान लागेका भारत उत्तराखण्ड देराजुङका ३० वर्षीया तेन्जिङ छिरिङलाई अबैध रुपमा बोकेको चाँदीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विमानस्थलमा खटिएको प्रहरी टोलीले छिरिङको झोला चेकजाँच गर्दा लुकाइछिपाई राखेको अवस्थामा दुई किलो पाँच ग्राम चाँदी र २८ हजार पाँच सय भारतीय रुपियाँ बरामद गरेको हो ।