इटहरी । द भ्वाइस किड्स सिजन २ की फाइनलिस्ट परिश्ना बाँस्तोलाले आफूलाई भोट दिन आग्रह गरेकी छिन् ।
कक्षा ७ मा पढ्ने ११ वर्षिया परिश्ना प्रतियोगिताको अन्तीम ८ मा पुगेकी हुन् । पहिलो अडिसनमा तीन जना जजको मन जित्न सफल उनी अहिले सुशान्त केसीको टिममा छिन् ।
परिश्नाको लागि भोट माग्दै इटहरी आएका परिश्नाका बुवा निर्मल बाँस्तोलाले परिश्ना गीतको गायनमा मात्र होइन, नृत्य, अभिनय तथा फेसन शोमा पनि उत्तीकै दक्ष रहेको बताए । ‘उसलाई जिताउनु भनेको समग्र ट्यालेन्टलाई जिताउनु जस्तै हो,’ उनले भने ।
परिश्नाका बुवा निर्मल इटहरीमा जन्मे हुर्केका हुन् । इटहरीकै कचना स्कुल र जनता क्याम्पसमा पढेका उनी उच्च शिक्षाको लागि काठमाडौ गएका थिए । अहिले परिवार उतै बसेपनि इटहरीमा समेत नियमित आवतजावत हुने बताउँछन् ।