जुवा खालबाट अधिकृत र वडाध्यक्षसहित १४ जना पक्राउ

न्युजलय १८ पुस २०७८, आइतबार ०९:२७ मा प्रकाशित

सुर्खेत । भेरी नगरपालिका जाजरकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।


जुवा खेलिरहेको अवस्थामा आज बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

 

प्रहरीका अनुसार उनीहरू जाजरकोट सदरमुकाम नजिकै गैरीखाली भन्ने ठाउँमा जुवा खेलिरहेका थिए।


जुवा खालबाट वडा नम्बर ६ का वडाध्यक्षसमेत रहेका नेपाली कांग्रेसका स्थानीय नेता सशी बुढा पनि पक्राउ परेका छन्। 


प्रहरीले जुवा खालबाट नियन्त्रणमा लिइएकाहरूको नाम सार्वजनिक भने गरेको छैन।


उनीहरूले जुवा खेल्दा मोबाइल बैंकिङको प्रयोग गरेकोले अन्य रकम पनि हारजित भएको हुनसक्ने प्रहरी अनुमान छ।