सुनचाँदीको मूल्य स्थिर

न्युजलय १८ फाल्गुण २०८१, आइतबार १२:०१ मा प्रकाशित

काठमाडौँ । आइतबार सुनचाँदीको मूल्य स्थिर छ । सुनचाँदीको मूल्य शुक्रबार तोकिएकै कायम भएको हो ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । शुक्रबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।