ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभानमा भीषण आगलागी भएको छ ।
आगलागीबाट करिब १० घर जलेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं १ कञ्चनजङ्घा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको छ ।
करिब ५० घरधुरीसहितको बाक्लो बस्तीमा के कारण आगलागी भयो भन्ने एकिन नभएको सशस्त्र प्रहरी बलले जनाएको छ ।