अमिताभ बच्चन अस्पताल भर्ना

न्युजलय २ चैत २०८०, शुक्रबार ०३:३३ मा प्रकाशित

काठमाडौँ । बलिउडका महानायक अमिताभ बच्चनको एन्जियोप्लास्टी गरिएको छ । 

८१ वर्षीय अमिताभलाई शुक्रबार बिहान मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको र उनको एन्जियोप्लाष्टी गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

उनलाई ठुलो सुरक्षासहित शुक्रबार बिहान अस्पताल पुर्याइएको मिडिया रिपोर्टमा उल्लेख अग्रिएको छ ।

अमिताभ बच्चन र उनको परिवारको तर्फबाट या अस्पतालबाट उनको एन्जियोप्लाष्टी गरिएको बारे अहिलेसम्म कुनै औपचारिक जानकारी भने दिइएको छैन ।