बढ्यो सुनको मूल्य

न्युजलय २ जेठ २०८०, मङ्गलबार ०५:०१ मा प्रकाशित

काठमाडौं । मंगलबार(आज) सुनको मूल्य सामान्य बढेको छ। मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

तोलामा १०० रुपैयाँले बढेपछि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५५० रुपैयाँ पुगेको छ।

मंगलबार चाँदीको मूल्य भने यथावत् रहेको महासंघले जनाएको छ। सोमबारजस्तै मंगलबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार ३७५ रुपैयाँ छ।