इटहरी । इटहरीका मेयर हेमकर्ण पौडेल नेतृत्वको एक टोली एक साताका लागि दक्षिण कोरिया जाने भएको छ । टोली अब्र्रान रिसाइलेन्स एण्ड मेकिङ् सिट्जि रिसिएन्ट तालिममा सहभागी हुनका लागि गएको हो ।
मेयर पौडेल, उपमेयर संगीता चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता, पूर्वाधार विज्ञ अर्जुन दाहाल र वातावरण इन्जिनियर युगदिप लुईटेल दक्षिण कोरिया जाँदैछन् । टोली आउँदो वैशाख ३० गते नेपालबाट दक्षिण कोरियाका लागि उड्नेछ ।
दक्षिण कोरियामा रहँदा मेयर पौडेल नेतृत्व टोलीले संघीय तथा स्थानीय सरकारको तर्फबाट कुनै खर्च नगर्ने स्पस्ट पारेको छ। सम्पूर्ण खर्च आयोजकले बेर्होने जनाइएको छ। इटहरीको कार्यवाहक मेयरको जिम्मेवारी वडा नं. ६ का वडाध्यक्ष दिवस पोख्रेलले पाएका छन् ।