पाथीभरामा एक महिनामै एक करोड बढी भेटी सङ्कलन

न्युजलय ३२ बैशाख २०८३, शुक्रबार ११:०० मा प्रकाशित

ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा वैशाख महिनामा १ करोड ६ लाख २८ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ।

पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार उक्त अवधिमा ५२ हजार २२८ भक्तजन दर्शनका लागि मन्दिर पुगेका थिए।

समितिका अनुसार चैत र वैशाख पाथीभराको मुख्य सिजन भएकाले भक्तजनको चाप बढ्दा भेटी सङ्कलन पनि उल्लेख्य भएको हो।

समितिले नेपाल प्रहरीको रोहबरमा भेटी सङ्कलन, गणना तथा बैंकमा जम्मा गर्ने व्यवस्था मिलाएको जनाएको छ।