सुनचाँदीको मूल्य बढ्यो

न्युजलय १६ मङ्सिर २०८२, सोमबार ११:०२ मा प्रकाशित

काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन पनि बढेको सुनको मूल्य आज तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ५३ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि तोलाको ४५ रुपैयाँले बढेर ३ हजार ३३५ रुपैयाँ पुगेको छ ।