२०७८ साल कार्तिक ७ गते अाईतबार

बन्दुकसँग सेल्फी खिच्दा गयो ज्यान

न्युजलय १९ असोज २०७८, मङ्गलबार १०:५३ मा प्रकाशित

एजेन्सी । भारतको उत्तर प्रदेशमा एक महिलाको सेल्फी खिच्ने क्रममा बन्दुकको गोलीले लागेर मृत्यु भएको छ।

टाइम्स अफ इन्डियाका अनुसार २६ वर्षकी राधिका गुप्ताले ससुराको बन्दुकसँग सेल्फी खिँच्दा ट्रिगर थिचिँदा बिहीबार राति उनको मृत्यु भएको बताइएको छ।

बन्दुकको गोलीले उनको घाँटीमा ठूलो घाउँ बनाएको थियो। अस्पतालमा उनको मृत्यु भएको हो ।

उनले गत मे महिनामा मात्र आकाश गुप्तासँग विवाह गरेका थिए। यो घटनापछि प्रहरीले राजेश गुप्तालाई पक्राउ गरेको छ।