आगलागीबाट दश लाख बढीको क्षति

न्युजलय १५ पुस २०७८, बिहिबार ०४:११ मा प्रकाशित

राजविराज । सप्तरीको तिरहुत गाउँपालिका–३ मा भएको आगलागीबाट दश लाखभन्दा बढीको क्षति भएको छ ।

स्थानीयवासी हेमनारायण साफीको घर र किराना पसल तथा मेडिकल ल्याब रहेको अर्को घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा सो क्षति भएको हो । 

आगलागीबाट औषधि, दुई गोरु, बाख्रा, ल्यापटप लगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयवासी र प्रहरीले आगो निभाएका थिए ।