विराटनगर । मोरङको बुढीगंगा र सुनसरी दुहबी जोड्ने बुढी खोलाको पुलबाट झरेर भारत कोलकाताका एकजनाको मृत्यु भएको छ ।
पुरानो पुलसँगै नयाँ पुल बनिरहेको छ । त्यहाँ दुई पुलको बीचमा खाली भाग रहेको छ । स्वस्तिक आयलमा काम गर्दै आएका मजदुरको शव भुँईमा भेटिएको हो । उनी माथिबाट झरेको आशंका गरिएको छ ।
सोमबार बिहान शव भेटिएको थियो । मृत फेल परेका व्यक्ति भारतको कोलकाता घर भइ विगत १०–१५ वर्षदेखि बुढीगंगा–५ मा बस्दै आएका ५० वर्षीय मोहमद अली अन्सारी हुन् । अन्सारी बुढीगंगा–५ स्थित स्वस्तिक तेल उद्योगमा काम गर्दै आएका थिए ।
उनको घोप्टो परेको अवस्थामा शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी टोलीले घटनास्थल सुरक्षित गरेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्मार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको थियो ।