‘छक्कापञ्जा ४’ फागुन १९ गतेबाट प्रदर्शनमा आउने

न्युजलय ३१ भदौ २०७९, शुक्रबार ०८:२६ मा प्रकाशित

काठमाडौं । प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ४’ आगामी फागुन १९ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।


फागु पूर्णिमाको छेकोमा फिल्म प्रदर्शन हुन लागेको हो । यसअघि यो फिल्म कात्तिक ४ गते आउने चर्चा थियो ।

 

फागुन १९ मा यसअघि मिलन चाम्सको ‘वर एण्ड वधु’, सुरज पाण्डेको ‘परस्त्री’ र सुरक्षा पन्तको ‘बुलाकी’ले पनि रिलिज डेट घोषणा गरिसकेका छन् । ‘छक्कापञ्जा ४’ लाई हेमराज विसीले निर्देशन गरेका हुन् ।