प्यूठानमा दुई राउन्ड अश्रुग्यास प्रहार, दुई प्रहरीसहित चार जना घाइते

न्युजलय ८ मङ्सिर २०७८, बुधबार ०६:५५ मा प्रकाशित

दाङ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्यूठान जिल्लामा क्षेत्रीय निर्वाचनको मतगणनास्थलमा गोली नचलेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताएका छन्।


मतगणना स्थलमा झडपको स्थिति भएपछि प्रहरीले दुई राउन्ड अश्रुग्यास प्रहार गरेको प्रजिअ भुसालले बताए।


‘अहिले अवस्था सामान्य छ । झडप नियन्त्रणमा लिने क्रममा दुई प्रहरी र दुई जना नागरिक घाइते हुनु भएको छ,’ प्रजिअ भुसालले भने, ‘घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले गोली चलाएको होइन, अश्रुग्यास मात्रै छोडिएको हो।’


तर, प्रहरीले गोली चलाएको दाबी गरिएको छ। स्वर्गद्वारी क्याम्पसमा मतगणना चलिरहेको थियो। पौडेल पक्षका उम्मेदवार बिष्णु गिरीले अग्रता लिएपछि देउवा पक्षका कार्यकर्ताले ढुंगामुढा सुरु गर्दा झडपको स्थिति सुरु भएको थियो।